२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

उत्तरी धादिङमा सडक खन्ने क्रममा पहिरोमा परि मृत्यु भएका १ जनाको शव धादिङवेशीं ल्याईयो

उत्तरी धादिङमा सडक खन्ने क्रममा पहिरोमा परि मृत्यु भएका १ जनाको शव धादिङवेशीं ल्याईयो
सेयर गर्नुहोस्
०सेयर

उत्तरी धादिङको रुवीभ्याली गाउँपालिका वडा नम्बर २ सेर्तुङ स्थित अदा खोलामा सडक खन्ने क्रममा पहिरोमा परि मृत्यु भएका १ जनाको शव धादिङवेशीं ल्याईएको छ ।

मृतक स्काभेटर चालक सिन्धुपाल्चोकका २३ वर्षीय राजु पराजुलीको शव आईतबार (N9-AKB) नम्बरको हेलिकप्टर मार्फत धादिङ ल्याईएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक जागेश्वर भण्डारीले जानकारी दिनुभयो ।

शवको पोष्टमाटम पछि परिवारलाई जिम्मा लगाईने उहाँले बताउनुभयो । धादिङबेसी–सांकोष–तिप्लिङ सडकखण्ड अन्र्तगत सेर्तुङ र तिप्लिङ गाउँको बीचको भीरमा सडक खन्ने क्रममा शुक्रबार २ जना वेपत्ता भएका थिए ।

वेपत्ता सहचालक रुवीभ्याली गाउँपालिका वडा नम्बर ५ लापाका २० वर्षिय जोजो तामाङको भने खोजी कार्य भइरहेको छ । पानी परिरहेका कारण वेपत्ता सहचालकको खोजी गर्न कठिनाई भएको छ । भने अता खोलाको भीरबाट निरन्तर पहिरो खसिरहेको छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।