आईतबार बुढिगण्डकी नदिमा आएको बाढीका कारण प्रभावित बनेका ५० घर परिवारलाई राहत सामाग्री वितरण गरिएको छ।
एकिकृत सामुदायिक विकास अभियान आईसिडिसि नेपालले एक्सन एडको सहयोगमा त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर २ का बाढी प्रभावितहरुलाई राहत सामाग्री वितरण गरेको हो ।
बाढी प्रभावितहरुलाई दाल, चामल, नुन, खाने तेल, र्टचलाईट, धारा सहितको बाल्टिन लगायत गरि २ लाख ६६ हजार बराबरको सामाग्री वितरण गरेको आईसिडिसि नेपालका प्रविण घिमिरेले जानकारी दिनुभयो ।











