२६ असोज इजरायल – प्रवासी सृजनशिल महिला समुह इजरायलको आयोजनामा दशैं विशेष बृहत सांगीतिक सांझ कार्यक्रम हुने भएको छ । कार्यक्रममा नेपालको ख्याती प्राप्त ब्याण्ड Mongolian Heart Live Concert हुने आयोजकले जनाएको छ । “महिला स्वावलम्बन तथा समाज सेवा” भन्ने उदेश्य सहित इजरायलमा रहेका महिलाहरुले सन् २०१६ मा स्थापना गरिएको यस संस्थाले समय – समयमा विभिन्न सामाजिक तथा सांगीतिक कार्यक्रमहरु गर्दै आएको छ ।
यस कार्यक्रमबाट बचत भएको केहि रकमले नेपालमा रहेको गरिब, दिनदुखी, असाहया, अशक्तहरुको साथै प्राकृतिक विपत्ति र महामारीमा परेकाहरुको उद्धार, राहात तथा उपचारको लागि आर्थिक सहयोग गर्दै आएको संस्थाका वरिष्ठ उपाध्यक्ष डोल्मा गोले तामाङले जानकारी दिनुभयो ।
यस साँगीतिक कार्यक्रमलाइ सफल बनाउन इजरायलको प्राइभेट बैंक मोनोक्स (Monox), राष्ट्रिय तथा अन्र्तराष्ट्रिय हवाई टीकटको क्षेत्रमा काम गरिरहेको स्वीट ड्रिम्स ट्राभल्स काठमाडौं नेपाल, तामाङ घेदुङ इजरायल, हिमालयन यात्रा नामका संघ – संस्थाहरुका साथै नेपाल तामाङ घेदुङ इजरायलका संरक्षक तथा संघीय सदस्य शंकर गोले तामाङले व्यक्तिगत रुपमा प्रायोजन गरेको छ ।
दशै विशेष बृहत साङगीतिक कार्यक्रममा दशैंको टिका सहितको शुभकामना आदान – प्रदान, मारुनी नृत्य, इजरायलको फेमस कन्टेन्ट क्रीएटर We are Sheep टीमका कलाकारहरु अस्मिता योञ्जन तामाङ, सतिस थापा, र मनिसा थापाको साँगीतिक प्रस्तुती रहनेछ । यसै गरि सेलो तथा आधुनिक गायक पारस घिसिङको प्रस्तुति रहनेछ । कार्यक्रममा विशेष गरि Mongolian Heart Live Concert को साँगितीक प्रस्तुती रहने आयोजकले जनाएको छ ।
२३ अक्टोबर शुक्रबारका दिन साँझ ८ बजेदेखि इजरायलको तेलअभिवस्थित युनिभर्सिटी हलमा हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको र यो न्युज तयार पार्दा सम्म करिब ६ सय वटा टिकट बिक्रि भईसकेको अयोजकले जनाएको छ । कार्यक्रममा सहभागिताको लागि साधारण टिकटको प्रति व्यक्ति २ सय ५० सेक्केल र भिआईपी टिकटको लागि ५ सय सेक्केल निर्धारण गरिएको छ ।
साथै आयोजक संस्थाले यस कार्यक्रमलाइ भव्यताका साथ सम्पन्न गराउनको लागि इजरायलमा स्थापित विभिन्न सामाजिक, राजनैतिक, जातिय र धार्मीक संघ – संस्थाहरुका साथै सम्पुर्ण नेपाली तथा नेपाली भाषीहरुलाइ निमन्त्रणा सहित अनुरोध गरिएको छ ।











