२०८३ मंसिर १३, शनिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

शिवपुजनको रिटमा सर्वोच्चद्धारा लिखित जवाफ माग

शिवपुजनको रिटमा सर्वोच्चद्धारा लिखित जवाफ माग

मंसिर १९, काठमाण्डौं ।
निर्वाचन आयोगको उम्मेदवार खारेज गर्ने निर्णयविरुद्ध सर्लाही ४ का वाम गठबन्धनका उम्मेदवार शिवपुजन राय यादवले दायर गरेको रिटमा सर्वोच्च अदालतलले कारण देखाउ आदेश जारी गरेको छ । न्यायाधीश दीपकराज जोशीको इजलासले लिखित जवाफ माग गर्दै अन्तरिम आदेश जारी गर्ने नगर्नेबारे छलफलका लागि भोलि नै बोलाएको छ ।

पहिलो संविधानसभामा फोरमका सांसद रहनुभएका शिवपुजनलाई रातो पासपोर्ट दुरुपयोगको अभियोगमा विशेष अदालतले दोषी ठहर गरेको थियो । उहाँ यो पटक माओवादीबाट उम्मेदवार हुनुहुन्छ । स्वतन्त्र उम्मेदवारले शिवपुजनविरुद्ध आयोगमा उजुरी दिनुभएको थियो । यो सुनुवाई नभएपछि बिवपुजन सर्वोच्चमा पुग्नुभएको थियो । तर, सर्वोच्चमा लिखित जवाफ दिनु अघि नै आयोगले उहाँको उम्मेदवारी खारेज गरेको छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।