२०८३ मंसिर ४, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

भीमफेदी जिप दुर्घटनामा तीन जनाको मृत्यु

भीमफेदी जिप दुर्घटनामा तीन जनाको मृत्यु

मकवानपुरको भीमफेदी गाउँपालिका–१, भैंसे बजार नजिक आज बिहान भएको जिप दुर्घटनामा परी घाइते भएका मध्ये ३ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी घाइते भएकाहरूलाई उपचारका लागि हेटौंडा अस्पताल पुर्‍याइएकोमा अस्पतालले तीन जनाको मृत्यु भएको बताएको छ ।

हेटौंडा अस्पतालका चिकित्सकले तीन जनालाई मृत घोषणा गरेको प्रहरी नायव उपरीक्षक माधव काफ्लेले जानकारी दिनुभएको अनलाईन खबरमा समाचार छ । मृत्यु हुनेमा २ महिला र १ पुरूष रहेका छन् । मृतकको पहिचान भने खुलेको छैन । दुर्घटनामा ७ जना घाइते भएका छन् । अस्पतालमा उपचाररत उनीहरूको अवस्था मध्यम रहेको डीएसपी काफ्लेले बताउनुभयो ।

हेटौंडाबाट काठमाडौं जाँदै गरेको ना १ ज २१४३ नम्बरको सुमो आज बिहान साढे ८ बजेको समयमा त्रिभुवन राजपथबाट राप्ती खोलामा खसेर दुर्घटना भएको हो । दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको डीएसपी काफ्लेले बताउनुभयो ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल