२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

आज साँझ ५ बजेबाट मतगणना हुँदै

आज साँझ ५ बजेबाट मतगणना हुँदै
सेयर गर्नुहोस्
०सेयर

मंसिर २१, धादिङ ।
धादिङ लगायत ३२ जिल्लामा आज साँझ ५ बजेबाटै मतगणना हुँदैछ । दोस्रो चरणको प्रतिनिधि तथा प्रदेशसभाको ४५ जिल्लाको मतदान सकिएलगत्तै मतगणना सुरु हुने धादिङका मुख्य निर्वाचन अधिकृत उमेश कोइरालाले जानकारी दिनुभयो । आज हुने मतगणनाको लागि बुधबार उम्मेदवार सहित बसेको सर्वदलीय बैठकले मतगणना प्रक्रियाका बिषयमा छलफल गरेको थियो ।

आज साँझ ५ बजेबाट सुरु हुने मतगणनामा मुख्य निर्वाचन अधिकृत, उम्मेदवार तथा दलका प्रतिनिधि, सुरक्षाकर्मी तथा कर्मचारीहरु खटाइने बताइएको छ । सुरक्षित मतगणनाको लागि कार्यालयभित्र सिसी क्यामेरा समेत जडान गरिएको छ । मतगणनास्थलमा रहने दलका प्रतिनिधिका लागि तारको बार लगाइएको छ ।

मतगणनाको अन्तिम नतिजा आउन एक हप्तासम्म लाग्न सक्ने अधिकृत कोइरालाले बताउनुभयो । धादिङमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्वर १ को मतगणना जिल्ला भुसंरक्षण कार्यालय र क्षेत्र नम्वर २ को मतगणना जिल्ला समन्वय समितिमा हुने भएको छ । मंसिर १० गते भएको चुनावमा धादिङबाट ६६।९७ प्रतिशत मत खसेको थियो । धादिङमा २ लाख ३३ हजार ५ सय ५ मतदातारहकोमा १ लाख ५६ हजार ३ सय ८५ जना मतदाताले मात्रै मतदान गरेका थिए ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।