
मंसिर २४, धादिङ ।
धादिङ सहित देशभर आज धादिङमा ६९ औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवस मनाईएको छ । मानवअधिकारका लागि सबै उठौँ भन्ने नाराका साथ मनाईएको हो ।नागरिक समाजको आयोजनामा धादिङबेसी पुछारबजार चोकमा दिप प्रज्वलन गरि दिवस मनाईएको हो ।
दिप प्रज्वलन कार्यक्रममा धादिङ २ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य खेम प्रसाद लोहनीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमको नवनिर्वाचित प्रतिनिधिसभा सदस्य खेम प्रसाद लोहनी, धादिङ २ अन्तर्गत प्रदेश १ का नवनिर्वाचित प्रदेशसभा सदस्य डा.रामकुमार अधिकारी, पुर्व सभासद गुरु बुर्लाकोटी र अग्रज पत्रकार सिताराम वर्माले दिप प्रज्वलन गरि उद्घाटन गर्नुभएको थियो । दिप प्रज्वलन कार्यक्रममा मानवअधिकारको क्षेत्रमा क्रियाशिल विभिन्न व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।