मंसिर २६, धादिङ ।

टहरमा धान राख्ने ठाउँ नहुदाँ भुकम्प प्रभावितहरुलाई समस्या भएको छ । भुकम्पपछि टहरामा बस्दै आएका प्रभावितहरुलाई धान भित्र्याउने ठाउँ नहुँदा समस्या भएको हो ।

भूकम्प गएको साढे २ वर्ष वितिसक्दाँ टहरामै बसोबास गरेका भूकम्पपीडितले धान भित्र्याउने ठाउँ नभएपछि समस्या भएको बताएका छन् । भूकम्पप्रभावितहरुले धान राख्ने ठाउँ नभएपछि आफू बस्ने टहरामा धान राख्ने गरेको बताएका छन् । यसरी टहरामा धान राख्दा चिसोको कारण कुहिने गरेको पनि उनीहरुको भनाई छ ।

त्यसैगरी कतिपय भुकम्पप्रभावितले टहरामा गुन्द्रीले छोपेर धान राखेका छन् भने कतिपयले भत्किएकै धरमा लगेर धान राखेको बताएका छन् । भुकम्पपछि घरमा बस्न डर भएकाले आफुहरु टहरामा बसेको तर धान राख्ने ठाउँ नहुदाँ भुकम्पले चिरा परेको घरमै राख्नु परेको निलकण्ठ नगरपालिका वडा नं ९ कि विमला लम्सालले बताउनु भयो ।

भुकम्पपछि सरकारले आवास निमार्णका लागि अनुदान स्वरुप दिएको ५० हजार रुपैया पाएपनि घरमा आफु एक्लो भएकाले पून निमार्णको कार्य गर्न नसकेको उहाँले बताउनु भयो । श्रीमान पनि घरमा नभएको, दक्ष जनशक्ति पनि भनेको समयमा नपाउने र आवश्यक सर सामान घर सम्म लैजान पनि समस्या भएकाले घर बनाउन नसकेको उहाँले बताउनु भयो ।

त्यसैगरी दक्ष कामदारको अभावका कारण घर बनाउन नसक्दा भत्किएकै घरमा धान राख्नु परेको ज्वालामुखि गाउँपालिका ३ कि देवकि अधिकारीले बताउनु भयो । पहिलो किस्ता वापत ५० हजार रुपैया पाएपछि घर बनाउन नसकेको उहाँ बताउनु हुन्छ ।

त्यस्तै विभिन्न समस्याका कारण भुकम्पपछि आवास निमार्ण गर्न नसक्दाँ प्रभावितहरुलाई खाद्यन्न सुरक्षा गरेर राख्न पनि अप्ठेरो भएको छ ।

Facebook Comments