जित निकाले पछि त्रिपुरासुन्दरी क्रिकेट टिमका खेलाडीहरु । तस्विर : क्रिकेट संघ धादिङ


धादिङको बेनिघाट रोराङ विशालटारमा जारी अन्तर पालिका स्तरीय धादिङ क्रिकेट लिगको तेस्राे दिनमा तीन खेल भएका छन् ।

विहिबार भएको खेलमा बेनिघाट रोराङ गाउँपालिकाले पहिलो जीत दर्ता गरेको छ । नीलकण्ठ नगरपालिकालाइ ७ रनले पराजित गर्दै पहिलो जित दर्ता गरेको हो । पहिलो खेलमा सिद्धलेक गाउँपालिकासंग पराजय बेहोरेको बेनिघाट रोराङले नीलकण्ठ नगरपालिकालाइ पराजित गरेर सेमिफाइनल पुग्ने आशा जिवित राखेको छ ।

विहीबार नै भएको दोस्रो खेलमा सिद्धलेक गाउँपालिकाले गल्छी गाउँपालिकालाइ पराजित गरेको छ। यस समुहको लिग चरणका अन्तिम खेलहरु नीलकण्ठ नगरपालिका र गल्छी गाउँपालिका वीच तथा बेनिघाट रोराङ गाउँपालिका र सिद्धलेक गाउँपालिका वीच ५ गते हुनेछ भने उक्त खेलमा विजयी हुने टोलीहरु यस समुहबाट सेमिफाइनलमा पुग्ने छन् ।

त्यस्तै विहीबारकै पहिलो खेलमा समुह ए मा रहेको त्रिपुरासुन्दरी गाउँपालिकाले गजुरीलाइ पराजित गरेर सेमिफाइनल पुग्ने आशा जिवितै राखेको छ । लगातार दुइ खेलमा पराजित भएसंगै गजुरी गाउँपालिका समुह चरणबाटै बाहिरिएको छ ।

यो समुहबाट धुनीवेशी लगातार दुइ खेल जित्दै समुह चरणको अन्तिम खेल अघि नै सेफिफाइनल प्रवेश गरिसकेको छ । यस समुहमा रहेको त्रिपुरा सुन्दरी गाउँपालिका र खनियावास गाउँपालिकाको समान २/२ अंक रहेको छ भने समुह चरणको अन्तिम खेलमा यी दुइ पालिका नै भिड्दैछन् । उक्त खेलमा विजयी हुने टीमले सेमिफाइनलमा स्थान बनाउने छ ।

धादिङ जिल्ला क्रिकेट संघको आयोजनामा भइरहेको यस प्रतियोगीतामा ८ वटा गाउँपालिका सहभागी भएका छन् । प्रतियोगीतामा विजयी हुने टोलीले १ लाख २५ हजार प्राप्त गर्नेछन् ।

यो पनि पढ्नुहोस् :



 

Facebook Comments