
धादिङ जिल्ला क्रिकेट संघले आयोजना गरेको धादिङ जिल्ला क्रिकेट लिग आज मंगलबारबाट सुरु हुदैछ । बेनिघाट रोराङ गाउँपालिकाको विशालटार स्थित चन्द्रोदय माध्यामिक विद्यालयको खेल मैदानमा हुने जिल्ला स्तरय क्रिकेट प्रतियोगिताको आज पहिलो दिन गजुरी गाउँपालिका र खनियाबास गाउँपालिकाले ओपनिङ खेल खेल्दैछन् ।
कात्तिक एक गतेदेखि सात गतेसम्म हुन लागको धादिङ जिल्ला क्रिकेट लिगको खेल तालिका हिजो नै सार्वजनिक गरेको थियो । प्रतियोगितामा जिल्लाभरका आठ ओटा पालिकाका सहभागी हुँदैछन् । खेल तालिका अनुसार चार/चार टिम राखेर दुई समुहमा खेल हुनेछ । चाडपर्वको समयमा विभिन्न क्लवहरुले स्थानीय स्तरमा फाट्ट फुट्ट क्रिकेट प्रतियोगीता गर्दै आएकोमा पछिल्ला दिनहरुमा गाउँपालिका स्तरीय क्रिकेट प्रतियोगीता समेत हुन थालेको छ ।
विद्यालयमा हुने बार्षिक खेलकुदमा पनि क्रिकेट खेललाइ समावेश गरिने थालिएको छ भने गाउँपालिकाहरुले पनि प्रतियोगिता नै आयोजना गर्न थालेका छन् । धादिङमा जिल्ला स्तरय क्रिकेट प्रतियोगिता आयोजना गरिएको यो तेश्रो पटक हो ।