धादिङको बेनिघाट रोराङ गाउँपालिकाको विशालटामार आजदेखी सुरु भएको अन्तरपालिका स्तरीय टि–२० क्रिकेट प्रतियोगितामा दुई खेल भएका छन् । धुनिवेशी नगरपालिका र त्रिपुरासुन्दरी गाउँपालिका विच र गजुरी गाउँपालिका र खनियावास गाउँपालिका विचको खेल सम्पन्न भएको हो ।
आज भएको खेलमा धुनविशी नगरपालिकाले त्रिपुरासुन्दरी गाउँपालिकालाई ४ रनले पराजित गरेको छ । टस जितेर धुनीबेसी नगरपालिकाले ब्याटिङ गर्ने निर्णय गरेको थियो । धुनीबेसी नगरपालिकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै १२४ रन जोडेको थियो धुनीबेसीका ओपनर कौशल रुपाखेतीले १५ बलमा दुइ चौका र दुइ छक्काको मद्धतमा २५ रन बनाउनुभएको थियो । साथै कप्तान सुदिप पाठकले २८ बलमा ३९ रन बनाउनुभयो ।
आक्रामक ब्याटिङ गर्नुभएका कप्तान पाठकले एक चौका र चार छक्का प्रहार गर्नुभएको थियो । सुनिल बानियाले २१ तथा प्रनित भट्टले १७ रन जोड्नुभएको थियो । निकै रोमाञ्चक भएको खेलमा त्रिपुरासुन्दरी गाउँपालिकाका राम रानाले ४ ओभरमा २५ रन खर्चिएर ३ विकेट लिनुभयो । यस्तै श्री कृष्ण उपाध्यायले ४ ओभरमा १ मेडन राख्दै १५ रन खर्चिएर ३ विकेट लिनुभयो भने उदय थापाले २ विकेट लिनुभयो । खेलको म्यान अफ द म्याच अल राउण्डर प्रदर्शन गर्नुभएका कौशल रुपाखेती घोषित हुनुभयो ।
यस्तै आजै भएको पहिलो खेलमा खनियावास गाउँपालिका ६ विकेटले विजयी भएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको गजुरी गाउँपालिकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै एक सय ११ रनमात्र जोडेको थियो । गजुरीलाई सस्तैमा रोक्न खनियावास गाउँपालिकाको लागि बलर सरोज लंसालले उत्कृष्ट बलिङ गर्दै ४ ओभरमा १ मेडन राखेर ४ विकेट लिनुभएको थियो । गजुरी गाउँपालिकालाइ थोरै रनमा रोक्नको लागि खनियावासका सुदन तामाङले गजुरीका ३ विकेट लिनुभएको थियो । १ सय १२ रनको विजयी लक्ष्य लिएर मैदानमा उत्रिएको खनियावास गाउँपालिकाले अमित गुरुङको प्रेरणादायी ४४ रनको योगदानमा ६ विकेटको जित दर्ता गरेको छ ।
टीमको जीतका लागि अमितले २६ बल खेल्दै ४ चौका र ३ छक्काको मदतमा ४१ रनको योगदान दिनुभएको थियो । गजुरी गाउँपालिकाका बलर सानु घलले ३ विकेट लिएपनि पालिकाको हार टार्न सकेन्न । गजुरीका ४ खेलाडीलाइ आउट गरेका खनियावासका बलर सरोज लंसाल खेलको म्यान अफ द म्याच हुनुभएको छ ।
उहाँले नगद २ हजार र ट्रफी हात पार्नुभएको छ । पहिलो खेल जितेसंगै खनियावास गाउँपालिकाले आफ्नो समुहमा २ अंक जोड्न सफल भएको छ । आजदेखी सुरु भएको क्रिकेट प्रतियोगीताको वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले उद्घाटन गर्नुभएको थियो । भोली ३ खेल हुँदैछ ।
)
नेपाली महिला क्रिकेट टोली एसीसी महिला प्रिमियर कप क्रिकेटको क्वार्टरफाइनलबाट बाहिरिँदै एसिया कपमा छनोट हुन असफल भएको छ । एशियाली खेलकुदमा छनोट हुन नसकेको दशौँ
आज सुनको भाउ तोलामै १० हजार १०० रुपैयाँले घटेको छ । भाउ घटेर सुन आज तोलाको २ लाख ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल
सरकारले पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न गठन भएकाे समितिकाे प्रतिवेदन स्वीकार गर्ने निर्णय गरेको छ । सिंहदरबारमा आज बसेको बैठकले गुरुङबारे छानबिन गर्न पूर्वन्यायाधीश अच्युतप्रसाद
ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणलाई विद्युत् महसुल बक्यौताको ५० अर्ब एक करोड उठाउन निर्देशन दिएको छ । नियमित रूपमा उठ्नुपर्ने महसुल नउठेको,
नेपालको पहिलो व्यावसायिक सुरुङ मार्ग ‘नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग’ आउँदो साउनदेखि सञ्चालन गर्ने तयारी भइरहेको छ । नागढुङ्गा–सिस्नेखोला सुरुङ मार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार साउनको
बिहीबारदेखि लगातार घटिरहेको सुनको भाउ आज बढेको छ । आज सुन तोलामा २ हजार रुपैयाँले बढेर ३ लाख १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल
धादिङ नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता हनन् गर्दै निजी सञ्चारमाध्यममाथि विभेद हुने गरी लागू गरिएको विज्ञापन सम्बन्धी नीति तथा परिपत्र
तमू ह्यूल छोंज धीं (गुरुङ) राष्ट्रिय परिषद् बागमती प्रदेश समितिको अध्यक्षमा धादिङका तुलबहादुर गुरुङ निर्विरोध चयन हुनुभएको छ । शनिबार धादिङबेसीमा सम्पन्न भएको तेस्रो अधिवेशनले
आज सुनको भाउ घटेको छ । हिजो तोलामा एक हजार ३ सय रुपैयाँले घटेको सुनको भाउ आज एक हजार रुपैयाँले घटेको हो । हिजो सुनको भाउ
नेपाल तमू (गुरुङ) विद्यार्थी छोंज धीं जिल्ला कार्य समिति धादिङको अध्यक्षमा प्रशान्त गुरुङ सर्वसम्मत चयन हुनुभएको छ । धादिङबेसीमा सम्पन्न सातौं जिल्ला अधिवेशनबाट प्रशान्त गुरुङको
Facebook Comments
Dhading Update