विस्फोटक वस्तु पड्किँदा कालीकाेटमा  दुई जना बालिकाकाे  मृत्यु भएको छ भने तीन जना बालबालिका घाइते भएका छन् ।

कालीकाेटकाे तिलागुफा नगरपालिका-१० रानाबाडामा विस्फाेट वस्तु पड्किँदा चार वर्षका दुई बालिका झरना थापा र सरस्वती रानाकाे मृत्यु भएको हाे । यस्तै, तीन वर्षीया दर्शना राना, सात वर्षीय कमल थापा र पाँच वर्षीया मुस्कान थापा घाइते भएका हुन् ।

काेदाेबारीमा खेलिरहेकाे अवस्थामा विस्फाेटक वस्तु पड्किएकाे हाे ।  घाइते बालबालिकाहरुलाई  उपचारका लागि हेलिकप्टरमार्फत सुर्खेत लगिएकाे प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताउनुभयो ।

Facebook Comments