धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ९ मा गठित काफलपानी तमू समाजले देउसीभैलोबाट ८० हजार नगद संकलन गरेको छ । भाईटिकाको दिन र भोलीपल्ट गाउँमा खेलिएको देउसीभैलोबाट ८० हजार ३ सय ४० रुपैयाँ संकलन भएको काफलपानी तमू समाजका नवगठित समितिका अध्यक्ष कृष्ण गुरुङले जानकारी दिनुभयो ।

संकलित रकमबाट गाउँमा बनिरहेको क्ष्योलिङ गुम्बा निर्माणमा सहयोग गर्ने, ल्होसार कार्यक्रम, गाउँमा हुने शुभकार्यलगायत विभिन्न कार्यक्रमका लागि अत्यावश्यक पर्ने सामाग्री खरिद गर्ने निर्णय भएको अध्यक्ष गुरुङले बताउनुभयो । यस्तै शनिबार बसेको गाउँ भेलाले काफलपानी तमू समाजको नाम परिवर्तन लगायत अन्य निर्णय पनि गरेको छ ।

काफलपानी गाउँ । तस्विर : शिशिरि गुरुङ

काफलपानी तमू समाजको नाम परिवर्तन गरि तमू ह्युल छोंज धी राष्ट्रिय गुरुङ परिषद् नीलकण्ठ नगरपालिका वडा नम्बर ९ वडा ईकाई समिति नाम राखेर वैधानिक तवरबाट अघि बढ्ने निर्णय गरेको छ । भने आर्थिक हिसाब किताब पार्दर्शी बनाउन बैङ्क खाता खोल्ने, क्ष्योलिङ गुम्बाको मंसिर २४ गते भित्र लेखा परिक्षण सम्पन्न गर्ने लगायतका निर्णयहरु पनि भएका छन् ।

पर्यटकिय हिसावले प्रचुर संभावना बोकेको यस काफलपानी गाउँबाट गणेश हिमाल, मनास्लु, लगायत अति मनमोहक हिमश्रृङ्खलाहरुको अवलोकान गर्न सकिन्छ भने नेपालकै दोश्रो ठुलोटार सल्यान्टार पनि प्रस्ट रुपमा देख्न सकिन्छ । काफलपानी गाउँ नजकिै रहेको जिल्लाकै प्रमुख धार्मिक स्थल जलमुखी मन्दीरकै कारण पनि यो गाउँ निक्कै प्रख्यात छ ।

भुकम्प अघिको काफलपानी गाउँ ।

हरेक पुर्णिमाको दिन विशेष पुजा आरधना र मेला लाग्ने यस मन्दीरमा धादिङ लगायत गोरखा, नुवाकोट, रसुवा काठमाण्डौ लगायतका भक्तजनहरु आउने गर्दछन् । अहिले गाउँका यूवाहरु गुरुङ भाषा, संस्कृतिको संरक्षण र सम्वद्र्धनको लागि जोडतोडका साथ लागि परेका छन् । काफलपानी गुरुङ गाउँ सदरमुकाम धादिङवेशीबाट १७ किलोमिटरको दुरीमा अवस्थीत छ ।

Facebook Comments