२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

मतदाता शिक्षा कार्यक्रम कात्तिक १८ देखि सुरु गरिने

मतदाता शिक्षा कार्यक्रम कात्तिक १८ देखि सुरु गरिने
सेयर गर्नुहोस्
०सेयर

यही कात्तिक १८ गतेदेखि मुलुकभरमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने भएको छ । स्थानीय तहसँगको सहकार्यमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न लागिएको निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताउनुभयो ।

आगामी मङ्सिर ४ को निर्वाचनमा मतदाताको सहभागिता बढाउन र मत बदर हुन नदिन आयोगले मतदाता शिक्षा कार्यक्रम सुरु गर्न लागेको उहाँको भनाइ छ । आयोगले मतदाता शिक्षा कार्यक्रमएक करोड ८० लाख मतदातासम्म पु¥याउन प्रत्येक वडामा एउटा स्वयंसेवक परिचालन गर्न लागेको सहायक प्रवक्ता अर्यालले जानकारी दिनुभयो ।

मतदान गर्ने तरिका, मतपत्र मतपेटिकामा खसाल्ने, मतदान केन्द्रसम्म पुग्नेलगायत विषयमा स्वयंसेवकले जानकारी दिनेछन् ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।