२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

सामान्य विवादले उघ्र रुप लिँदा एक जना अस्पतालमा भर्ना

सेयर गर्नुहोस्
०सेयर

पुस २७, धादिङ ।
नुवाकोटको वेलकोटगढी नगरपालिका वडा नम्बर ७ र ८ को विचमा रहेको ईट्टा भट्टाका कामदारहरु विच भएको सामान्य विवादले उघ्र रुप लिदा एक जना गम्भीर घाईते भएका छन् ।

घाईते हुनेमा धादिङको निलकण्ठ नगरपालिका वडा नम्बर ५ खाल्टे निवासी जेसिवि चालक गौरव रिमाल रहेका छन् । घाईते रिमालको मनमोहेन मेमोरियल शिक्षण अस्पताल काठमाण्डौंमा उपचार भईरहेको छ । जेसिवि चालक गौरव रिमाल र नुवाकोटका ट्रिपर चालक दिपेश श्रेष्ठ विच दिउँसो सामान्य भनाभन भएको थियो ।

दिउँसो भएको सामान्य विवादलाई लिएर राती साढे ९ बजेतिर सुतिरहेको अवस्थामा ट्रिपर चालक दिपेश थापाले २० जनाको टोले गुण्डाडाहरु सहितको समूहले गौरव रिमाललाई सांघातिक आक्रमण गरेको रिमालका पारिवारिक श्रोतले जनाएको छ । जिल्ला प्रहरी कार्यलय नुवाकोटमा दिपेश श्रेष्ठका विरुद्ध कारवाहीको लागि उजुरी दिँदा प्रहरी प्रशासनले वेवास्ता गरेको पिडित परिवारले जनाएको छ । साथै घाईतेको उपचार र दोषीलाई छिटो भन्दा छिटो कारवाही गर्नुपर्ने माग रिमाल परिवारले राखेको छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।