
११ महिनादेखि धादिङको बैरेनीमा रहेको श्री ६ नम्बर बाहिनी अड्डामा भएको महिला सन्य तालिम आज बुधबार सकिएको छ ।
२०७८ फागुन २५ गतेबाट सुरु भएको तालिम आज एक समारोहका विच समापन गरिएको हो । महिला सैन्य आधार तालिममा ९४ जनाको सहभागीता रहेको थियो । बाहिनीमा पहिलो पटक सञ्चालित महिला सैन्य तालिममा रुकुम जिल्लाको रुकुमकोट गाउँपालिका ५ घर भइ सविना थापा मागर पुरस्कृत हुनुभएको छ ।
मगरलाई बाहिनी अड्डाका बाहिनीपतिको प्रमुख सहायक रथी रामचन्द्र कार्कीले खुकुरी तथा प्रमाणपत्र पुरस्कार प्रदान गर्नुभएको थियो । तालिम समापन समारोहलाई सम्बोधन गनर्दै सहायक रथी कार्कीले सिपाहीको कर्तव्य, जिम्मेवारी एवंम दायित्वको बारेमा स्मरण गराउनुभयो ।
जस्तोसुकै विषम परिस्थितिमा पनि तयार रहेर देश र जनताको सेवामा कटिवद्ध हुन निर्देशन दिनुभयो । कार्यक्रममा धादिङको निलकण्ठ, धुनिवेशी, तथा बेलकोटगढी नगरपालिकाका प्रमुखहरु, प्रमुख जिल्ला अधिकारी लगायतका व्यक्तिहरुको उपस्थिति थियो ।