२०८३ आश्विन २९, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

फागु पुर्णिामाको अवसरमा प्रथम जलमुखी धार्मिक पर्यटन तथा साँस्कृतिक महोत्सव हुँदै

फागु पुर्णिामाको अवसरमा धादिङको ज्वालामुखी गाउँपालिकाको जलमुखी मन्दिरमा प्रथम जलमुखी धार्मिक पर्यटन तथा साँस्कृतिक महोत्सव हुने भएको छ ।

ज्वालामुखी गाउँपालिकाको सहयोगमा गाउपालिकाको वडा नम्बर - ६ आयोजक रहने उक्त महोत्सवमा निलकण्ठ नगरपालिका वडा नम्बर ९ सह-आयोजक तथा जलमुखी मन्दिर संरक्षण समिती व्यवस्थापक रहने छ । आन्तरिक तथा वाह्य पर्यटन प्रवद्धन गर्ने उद्देश्यले फागुन २१ देखि २३ गते सम्म सञ्चालन हुने उक्त धार्मिक पर्यटन तथा साँस्कृतिक महोत्सव गर्न लागिएको आयोजक समेत रहेको ज्वालामुखी गाउपालिका वडा नम्बर ६ का वडा अध्यक्ष किशोर सेडाईले जानकारी दिनु भयो ।

महोत्सवमा राष्ट्रिय कलाकारहरु ईन्द्रेणीको टिम, पशुपति शर्मा, टिका सानु, रविन लामिछाने,अस्मिता डल्लाकोटी, सिताराम परियार, बासु सिंखडा, रितु तामाङ लगायत स्थानीय कलाकारहरुको वेजोड प्रस्तुति रहने महोत्सव प्रचारप्रसार समितीका संयोजक लीला मान वाडाले जानकारी दिनु भयो ।

धादिङको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थलहरु मध्य जलमुखी मन्दिर पनि एक ऐतिहासिक स्थल हो । जलमुखी मन्दिरमा हरेक बर्ष फागु पुर्णिमाको अवसरमा मेला लाग्ने गर्दछ । मेलामा व्यापारको लागि स्टल बुकिङ भईरहेको आयोजकले जनाएको छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।