धादिङको खनियावास गाउँपालिका वडा नम्बर ४ भोक्टेनीमा रहेको लोजोङ गुम्बा तोडफोड भएको छ ।

रक्सी खाएका केही व्यक्तीहरुले गएराती गुम्बामा तोडफोड गरेको स्थानियले बताएका छन् । गुम्बा के कती कारणले तोडफोड गरे भन्ने विषयमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । स्थानियहरुका अनुसार गुम्बा निर्माणको काम नदिएपछि स्थानिय केही युवाहरुले गुम्बा तोडफोड गरेको बताएका छन् । तोडफोडबाट गुम्बामा लांखौको क्षती भएको छ ।

Facebook Comments