धादिङमा माध्यामिक शिक्षा परिक्षा (एसइइ) दिने नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।

उत्तरी धादिङको खनियाबास गाउँपालिकामा पर्ने बच्छलादेवी मावि परीक्षा केन्द्रमा अरुकै नामबाट परिक्षा दिइरहेका सञ्जय तामाङ पक्राउ परेका हुन् । एसईइई परिक्षा अन्तरगत आज दोस्रो दिन अनिवार्य गणित विषयको परिक्षा थियो ।

खनियाबास गाउँपालिकाकै वृचेत माध्यामिक विद्यालयका परिक्षार्थी राज तामाङको सट्टा परिक्षा दिइरहेको अवस्थामा सञ्जय पक्राउ परेको हो । परिक्षा भइरहेको कक्षाकोठामा अनुगमन गर्ने क्रममा केन्द्राध्यक्ष चित्र बहादुर गुरुङ सहितको टोलीले नक्कली परिक्षार्थीले परिक्षा दिइरहेको अवस्थामा पक्राउ गरेको जिल्ला शिक्षा समन्वय इकाइ धादिङका प्रमुख राजेन्द्र बहादुर क्षेत्रीले जानकारी दिनुभयो । पक्राउ परेका सञ्जयलाई शिक्षा ऐन अनुसार कारबाही हुने क्षेत्रीले बताउनुभयो ।

ऐन अनुसार अरुको सट्टा परिक्षा दिनेलाई एक लाखसम्म जरिवाना र महिनासम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ । यो वर्ष धादिङबाट एसईई परीक्षामा ५ हजार ३ सय ८६ जना विद्यार्थी सहभागी छन् ।

Facebook Comments