२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

भिरबाट लडेका तामाङलाई हेलिकप्टरबाट काठमाडौ लगियो

भिरबाट लडेका तामाङलाई हेलिकप्टरबाट काठमाडौ लगियो
सेयर गर्नुहोस्
०सेयर

उत्तरी धादिङको खनियाँबास गाउँपालिकाका– १ झार्लाङका कृष्ण बहादुर तामाङ घाँस काट्ने क्रममा भिरबाट लडेर घाइते हुनु भएको छ । लडेर घाइते बन्नु भएका तामाङलाई हेलिकप्टरबाट उपचारका लागि काठमाडौ लगिएको छ ।
‘गाउँ नजिकैको उदर जंगलमा घाँस काट्ने क्रममा भिरबाट लडेर घाइते बनेका तामाङको गोठालाहरुले उद्धार गरेको स्थानीय एलिया लोप्चन तामाङले बताउनुभयो । गोठालाहरुले लडेको ठाउँबाट सम्म ठाउँमा लगेर राखेछन् । उहाँले भन्नुभयो,– विरामीको अवस्था गम्भिर छ । टाउको, दुवै हात खुट्टा शरिरका विभिन्न भागहरुमा चोट र दाइने खुट्टा भाँचिएको छ । म आफु झार्लाङ स्वास्थ्य चौकीमा काम गर्ने भएकोले हामीले जानेजति प्राथमिक उपचार ग¥र्याै । विरामीको अवस्था गम्भिर भएकोले हेलिकप्टरबाट थप उपचारका लागि काठमाडौ लगिएको हो,’ उहाँले भन्नुभयो ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।