
जापानमा एक विद्यार्थी मृत अवस्थामा फेला परेका छन् ।
एक वर्ष अघि विद्यार्थी भिषामा जापान पुगेका धादिङको थांक्रे गाउँपालिका वडा नं. ९ का २३ वर्षिया सुदिप आचार्य खोलामा मृत अवस्थामा फेला परेका हुन् ।
जापानको राजधानी टोकीयोको सुमिदा कुमा बस्दै आएका आचार्य जुलाई १० तारिख ( असार २५ गते) राती ११ बजे साथीहरुलाई एकछिन निस्कन्छु भनेर गएका थिए । तर भोलीपल्ट सम्म पनि नफर्किपछि साथीहरुले खोजी गर्दा खोलामा मृत अवस्था भेटिएका थिए । मृतक अचार्यको पोष्टमाटम पछि मात्रै घटनाका विषयमा थाहा हुने जनाएको छ ।