प्रतिकात्मक तस्बिर

उत्तरी धादिङको खनियाबास गाउँपालिकाको वडा नम्बर ४ दार्खामा धारिलो हतियार प्रहारबाट एक महिला गम्भीर घाईते भएकी छिन् ।

आईतबार अपह्रान्न ४ बजेको समयमा कानमा आएर कराएको निहुँमा ३० वर्षिय सागर पौडेलले ३५ वर्षिया अञ्जु सिंखडालाई धारिलो हतियार प्रहार गरि गम्भीर घाईते बनाएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरिक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।

गम्भीर घाईते सिंम्खडाको कामाण्डौंमा उपचार भईरहेको उहाँले बताउनुभयो । सिम्खडाको टाउँको र हातमा गम्भीर चोट लागेको प्रमुख प्रहरी उपरिक्षक मिश्रले बताउनुभयो ।

खुुकुरी प्रहार गर्ने पौडेललाई पक्राउ गरि धादिङवेशीं ल्याईदैछ ।

Facebook Comments