२०८३ मंसिर १३, शनिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

गल्छीको भित्री सडक खण्ड मुलपानीमा ट्याक्टर दुर्घटना हुँदा एक घाईते

गल्छीको भित्री सडक खण्ड मुलपानीमा ट्याक्टर दुर्घटना हुँदा एक घाईते

धादिङको गल्छी गाउँपालिका वडा नम्बर ३ मुलपानी स्थित भित्री सडक खण्डमा ट्याक्टर दुर्घटना हुँदा एक जना घाईते भएका छन् ।

ज्यामिरे खोलाबाट आदमटार तर्फ आउदै गरेको लु २ च ७४५० नम्बरको ट्याक्टर अनियन्त्रत भई सडकको बिचमा पल्टिएर दुर्घटना हुँदा चितवनको राप्ती नगरपालिका ११ बस्ने २४ वर्षिये अविनाश चेपाङ घाईते हुनुभएको हो । चेपाङको दाहिने हात र खुट्टामा चोट लागेको छ ।

घाईतेको काठमाण्डौं स्थित ट्रमा सेन्टरमा उपचार भईरहेको छ । ट्याक्टर चालक फरार रहेको र फरार चालकको खोजी भईरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक सन्तुलाल प्रसाद जैसवारले बताउनुभयो ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।