फागुन ८, धादिङ ।
काठमाण्डु उपत्यकामा बन्दको खासै प्रभाव देखिएको छैन । निजीतथा भाडाका सवारी साधान पनि चलिरहेका छन् ।
धादिङ सहित बाहिरका केही शहरमा भने सामान्य प्रभाव देखिएको छ । नेपाल बन्दको अवज्ञा गरेको भन्दै बिहानै विराटनगरको २ स्थानमा गाडीमा आगजनी गरेको छ । मोरङको विराटनगरस्थित सलकपुर र ढाटमा मालबाहक ट्रकमा आगो लगाएको प्रहरीले जनाएको छ । बन्द सफलबनाउन हिडेकादुई नेतालाई राजधानीमा प्रहरीले पक्राउ गरेको छ ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आफ्ना नेता हेमन्त प्रकाश ओली ‘सुदर्शन’, पोलिट ब्युरो सदस्य पदमबहादुर राई‘विकास’लगायत टोलीलाई आइतबार बिनाकारण प्रहरीले गिरफ्तार गरेको भन्दै आज नेपालबन्द गरेको बताएको छ ।