फागुन ११, धादिङ ।
भुकम्प पश्चात पून निमार्णको अवस्थामा भुमि तथा बनजंगलको भोगाधिकार सम्वन्धि उत्तरदायि शासन व्यवस्था र सरोकारवालाहरुको भुमिका विषयक कार्यशाला गोष्ठि विहिबारबाट शुरु भएको छ ।

जल, जमिन, जङ्गल र पून निमार्णको अवस्थाबारे जानकारी दिने उद्देश्यले राष्ट्रिय पुन निमार्ण प्राधिकरणको सहकार्यमा फियान नेपालले तामिलको आयोजना गरेको हो । गोष्ठीमा पून निमार्ण  र जिविको पार्जनमा नेपालको अवस्था, स्थानिय स्तर र केन्द्रबाट कस्तो भुमिका खेल्न सकिन्छ ?, आवास र जिविकोपार्जनलाई कसरी सहयोग गर्न सकिन्छ आदी विषयमा जानकारी गराइएको छ । फियान नेपालका अध्यक्ष अवर बहादुर अर्यालले तालिमको सहजिकरण गर्नु भएको होे ।

चेपाङ समुदाय देखि तामाङ समुदाय सम्मका जनताका खान पाउने अधिकार सुनिश्चितताका लागि काम गर्दै आएको फियान नेपालले अहिले पून निमार्णको चरण्मा जनाताहरुले जल, जमिन र जंगलको सहि सदुपयोग गर्न उचित बातावरण सृजर्ना गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको हो ।

फियान नेपालका अध्यक्ष अवर बहादुर अर्यालको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समितीका प्रमुख जगनाथ नेपालको प्रमुख आतिथ्य रहको थियो भने फियान नेपालका कार्यक्रम निदेशक असोक बहादुर सिंह, धादिङ, गोर्खा, रसुवा, मकवानपूर र नुवाकोटका राजनितीक दलका प्रतिनीधिहरु पून निमार्ण प्राधिकारणका प्रतिनिधीहरु, प्रमुख जिल्ला अधिकारी लगायतको उपस्थिती रहेको थियो  । शुक्रबार सम्म संचालन हुने तालिममा ३० जनाको सहभागिता रहेको छ ।

Facebook Comments