२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

धादिङ महोत्सव २०७४ सकियो

धादिङ महोत्सव २०७४ सकियो
सेयर गर्नुहोस्
०सेयर

फागुन २८, धादिङ ।
समृद्ध धादिङको कामना, एक घर एक व्यवसाय हाम्रो चाहना भन्ने नाराकासाथ आयोजना गरिएको धादिङ महोत्सव २०७४ सोमबार बाट सकिएको छ । धादिङको कृषि, पर्यटन, जलस्रोत तथा उद्योगको विकासका लागि निलकण्ठ नगरपालिकाको वडा नम्वर ४ रायटारमा साना तथा मझौला व्यवसायी महासंघ धादिङले महोत्सवको आयोजना गरेको हो ।

महोत्सव समग्रमा सभ्य भएतापनि मौसमका कारण केही असहज भएको अधिकाशं दर्शकहरुले बताएका छन् । समय सुहाउदो महोत्सव नभएका कारण दर्शकहरु कम आएको उनीहरुले बताएका छन् । दिनभर घाम चर्को हुने र बेलुका भएपछि हावाहुरी आउने, पानी पर्ने हुनाले आफुहरुले महोत्सवबाट जति मनोरञ्जनको अपेक्षा लिइएको थियो त्यो अपेक्षा पुरा नभएको दर्शकहरुको भनाई छ । त्यसैगरी दर्शकहरुले पुष तथा माग महिनामा महोत्सवको आयोजना गर्न सुझाव पनि दिएका छन् ।

कतिपयले खेलौनाको सामग्रीहरु कम भएको बताएका छन् भने कतिपयले स्थानीय उत्पादन कम भएको, उनका कपडाहरु लगायत हस्तकलाका सामग्रीहरु नभएको बताएका छन् । तर, अधिकाशंले महोत्सवको आयोजनाबाट आफुहरुलाई धेरै कुराको फाइदा भएको बताएका छन् । यसपालिको महोत्सवमा कहिलै नदेखेको हात्ति देख्न पाउदाँ छुट्टै आनन्द भएको उनीहरु बताउछन् । त्यसैगरी कलाकारहरुको प्रस्तुतीबाट मनोरञ्जन लिन पाउँदा खुशी भएको केही दर्शकहरुको भनाई छ ।

बजारको पसलहरुमा भन्दा महोत्सवमा सर सामानहरु सहुलियत मुल्यमा पाइने हुनाले पनि यस्ता मेलाहरु वर्षको एक पटक संचालनमा ल्याउनु आवश्यक भएको दर्शकहरु बताउछन्

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।