२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

धादिङका कुशल अधिकारी कमेडी च्याम्पियन सिजन ३ को सुपर ३० मा पुग्न सफल

धादिङका कुशल अधिकारी कमेडी च्याम्पियन सिजन ३ को सुपर ३० मा पुग्न सफल
सेयर गर्नुहोस्
०सेयर

धादिङका कुशल अधिकारी नेपालकै चर्चित रियालीटी शो कमेडी च्याम्पियन सिजन ३ को सुपर ३० मा पुग्न सफल हुनुभएको छ ।

कुशल अधिकारी डिजिटल राउण्ड, प्रि जजिङ राउण्ड, फिजिकल अडिसन हुँदै सुपर ३० मा पर्न सफल हुनुभएको हो । फिजिकल राउण्डमा देशभरबाट १ सय ५० जना प्रतिस्पर्धीहरु छानिएका थिए । उक्त १ सय ५० प्रतिष्पर्धीहरुबाट सुपर ३० छनोट गरिएको हो ।

यस अघि कुशल अधिकारीले सेन्टर फ्रुट कमेडी अन टपको उपाधी जित्नुभएको थियो । कान्तिपुर टेलिभिजन तथा रेडियो कान्तिपुर आधिकारिक मिडिया पाटर्नर रहेको रियालिटी सो कमेडी च्याम्पियन माघ ७ गते आईतबारबाट प्रसारण हुँदैछ ।

यस अघि कमेडी च्याम्पियन पहिलो सिजनको उपाधी धादिङकै हिमेश पन्तले जित्नुभएको थियो भने दोस्रो सिजनको उपाधीे ताप्लेजुङका भरतमणी पौडेलले जित्नुभएको थियो ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।