नेपाल खेलकुद महासंघ (नेकोस) धादिङले आयोजना गरेको जिल्ला स्तरीय अन्तरमावि भलिबल प्रतियोगिताको उपाधी एड्भान्स एकेडेमीले जितेको छ ।
यस्तै प्रतियोगीतामा नलाङ पात्ले माध्यमिक विद्यालय दोस्रो, बागेश्वरी माध्यमिक विद्यालय र पशुपती माध्यमिक विद्यालय तेस्रो भएको छ ।
विजयी विद्यालयहरुलाई क्रमश नगद ५० हजार, ३० हजार र साढे सात हजार तथा ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरेको छ ।