
वैशाख ०६, धादिङ ।
सरकारले आमा सुरक्षा र मातृ शिशुुका लागि ७७ वटै जिल्लामाशल्यक्रिया सुविधा सहितको विशेष कार्यक्रम ल्याएको छ । दुु्र्गमका महिलालाई विशेष ध्यानमा राखेर अस्पताल वावर्थिङ सेन्टरमै होस्टेलको सुविधा जस्तै व्यवस्था गरिने छ । जसलाई प्रतिक्षाकक्षनाम राखिनेछ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्दबहादुर श्रेष्ठले सबै जिल्लाका आवास सहितको सुत्केरी केन्दै स्थापनागर्न लागिएको जानकारी दिनुभयो । परिवार स्वास्थ्य महाशाखाका अनुसार देशभर महिला स्वास्थ्य स्वयंसेवीकाको संख्या ५१ हजार ४ सय २० रहेको छ । नियमअनुसार सत्केरी गराउन नमिले पनि गाउँमाउनीहरुले नै अप्ठ्यारोमा काम गरिरहेका छन् । ३ हजार २ सय जिल्ला अस्पताल र त्यस मुनिका स्वास्थ्य संस्थामापनिभने अनुसारको जनशक्ति छैन ।
देशमा तत्काल २० हजारको संख्यामा प्रसुति गराउने तालिमप्राप्त स्वास्थ्यकर्मी आवश्यकरहेको प्रवक्ता श्रेष्ठले बताउनुभयो । गर्भवतीजाँच गराउने, स्वास्थ्य संस्थामा सुत्केरी गराउने, घरमै पनि दक्ष प्रसूतिकर्मी बाट सुत्केरी गराउनेको संख्या बढेको छ । तर, सन् २०१६ मा २ सय ५९ जना गर्भवती महिलाको मृत्यु समयमा उपचार नपाएकाकारण नै भएको थियो ।