जिल्ला अस्पताल धादिङमा कार्यरत सर्जन डा.प्रतिभा धौभडेल मृत फेला पर्नुभएको छ ।

काठमाडौँ महानगरपालिका–१३ छाउनीस्थित घरमा सर्जन डा. धौभडेल मृत फेला पर्नुभएको हो । सलले पासो लगाएर झुण्डेको अवस्थामा देखेपछि उनका पतिले बीरेन्द्र सैनिक अस्पतालमा लगेको भएपनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

३४ वर्षीया प्रतिभाको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । घटनाबारे प्रहरी वृत कालिमाटीले अनुसन्धान गरिरहेको छ।

 

Facebook Comments