२०८३ आश्विन २९, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

पत्रकार अर्जुन श्रेष्ठ र राजाराम डंगोल सम्मानित

पत्रकार अर्जुन श्रेष्ठ र राजाराम डंगोल सम्मानित

प्रेस चौतारी नेपाल जिल्ला समिति धादिङले धादिङका दुई जना क्रियाशिल पत्रकारहरुलाई सम्मान गरेको छ ।

सम्मानित हुनेमा नयाँ पत्रिका राष्ट्रिय दैनिकका जिल्ला संवाददाता, रेडियो धादिङका कार्यक्रम संयोजक र नेपालपथ डटकमका सम्पादक अर्जुन श्रेष्ठ र रेडियो कृषिका कार्यक्रम संयोजक र टोलटोलको खबर डटकमका राजाराम डंगोल रहेका छन् ।

धादिङ अपडेट डटकमका पुर्व संवाददाता समेत रहनुभएका पत्रकार श्रेष्ठ चौतारी क्रियाशिल पत्रकारिता पुरस्कार–२०७९ र डंगोल प्रेस चौतारी क्रियाशिल पत्रकारिता पुरस्कार–२०८० बाट सम्मान गरिएको हो ।

नागरिकको सूचनाको हक एवं अभिव्यक्ति स्वतन्त्रता रक्षाका लागि उल्लेखनीय योगदान पु¥याउदै आएको भन्दै क्रियाशिल पत्रकारिता पुरस्कार प्रदान गरिएको प्रेस चौतारी नेपाल जिल्ला समिति धादिङका संस्थापक सदस्य सिताराम अधिकारीले बताउनुभयो ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।