२४ चैत्र,२०८० इजरायल—
नेपाल मगर संघ शाखा इजरायलको आयोजनामा नेपाली नयाँ वर्ष २०८१ को अवसरमा बृहत सांस्कृतिक कार्यक्रम हुने भएको छ । कार्यक्रम अप्रिल १२,२०२४ अर्थात ३० चैत्र,२०८० साँझ हुने नेपाल मगर संघ शाखा इजरायलका अध्यक्ष सुर्य बहादुर मगरले जानकारी दिनुभएको छ ।
मगर संघ इजरायल शाखाले विशेष गरि संघको अक्ष्यकोष अभिवृद्धि गर्नुका साथै नयाँ वर्षको अवसरमा इजरायलमा रहेका नेपाली भाषीहरुबीच एक आपसमा शुभकामना आदान— प्रदानको साथमा मनोरञ्जन प्रदान गर्नको लागि कार्यक्रमको आयोजना गरिएको आयोजकले जनाएको छ ।
नयाँ वर्ष साँस्कृतिक सांझ २०८१ मा नेपालका चर्चित राष्ट्रिय कलाकारहरु गगन पुन, एलिना चौहान र श्याम राना मगरको सांस्कृतिक प्रस्तुती रहनेछ । कार्यक्रम इजरायलको आधुनिक तथा पर्यटकिय शहर तेल अभिबमा इजरायली समयअनुसार सांझ ८ बजेदेखि सुरु हुने आयोजकले जनाएको छ ।
अध्यक्ष मगरले कार्यक्रममा सहभागी भई कार्यक्रमलाइ सफल पारिदिन इजरायलमा बस्ने सबै नेपालीहरुमा निमन्त्रणा सहति अनुरोध गरेको छ । सन् २०१३ मा स्थापना भएको नेपाल मगर संघ इजरायल शाखाले विगतदेखि नै यस्ता विभिन्न रचनात्मक कार्यक्रमहरु गर्दै आएको छ ।
कार्यक्रम सफल बनाउनको लागि सिङ्गो नेपाल आदिवासि जनजाति महासंघ इजरायल र अन्य संघ संस्थाहरु पनि तयारीमा लागेका छन् । आयोजक नेपाल मगर संघ शाखा इजरायलले कार्यक्रममा प्रवेशको लागि प्रवेश शुल्क प्रति व्यक्ती १ सय ६० सेक्कल निर्धारण गरेको छ ।