२०८३ आश्विन २९, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

रौतहटको ज्योति डिस्टलरीमा विस्फोट : एकको ज्यान गयो, ६ जना कामदार घाइते

रौतहटको ज्योति डिस्टलरीमा विस्फोट : एकको ज्यान गयो, ६ जना कामदार घाइते

रौतहटको कटहरिया नगरपालिका–९ डुमरियामा रहेको ज्योति डिस्टलरीमा विस्फोट हुँदा एक जनाको ज्यान गएको छ । ६ जना कामदार घाइते भएका छन् ।

डिस्टलरीको बोइलर (इन्धन वा पानी तताउने कन्टेनर) विस्फोट हुँदा कटहरिया–८ का ४५ वर्षीय लक्ष्मण राय यादवको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । उनीहरूलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि वीरगञ्ज रिफर गरिएको छ । विस्फोटबारे थप अनुसन्धान भैरहेको प्रहरीकाे भनाइ छ ।

जिल्ला प्रहरी प्रमुख एसपी रबिन कार्कीले थप टोली घटनास्थलमा परिचालन गरिएको जानकारी दिनुभएको छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।