२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

चिसो बढेपछि सुनसरी र दाङका विद्यालयमा बिदा

चिसो बढेपछि सुनसरी र दाङका विद्यालयमा बिदा
सेयर गर्नुहोस्
०सेयर

हुस्सुका कारण अत्यधिक चिसो बढेपछि सुनसरी र दाङका विद्यालयमा बिदा दिइएको छ । सुनसरीका सबै पालिकाले आजदेखि पर्सि शुक्रवारसम्म सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिएका छन् ।

इनरुवा, दुहवी, कोशी गाउँपालिका, हरिनगरारामधुनी, दुहवीलगायत सुनसरीका सबै विद्यालयहरु सञ्चित वार्षिक बिदाबाट कट्टा हुने गरी बन्द गर्ने निर्णय गरिएको हो ।

यस्तै दाङको घोराही उपमहानगरपालिकाले अत्यधिक चिसो बढ्दै गएपछि तीन दिन विद्यालय बन्द गरेको छ । प्रमुख प्रशासकीय अधिकृत ऋषिराज केसीले आजदेखि पुस १८ गतेसम्म विद्यालयमा बिदा दिइएको जानकारी दिनुभयो ।

अस्ति सोमबारयता अत्यधिक चिसो बढेको भन्दै उपमहानगरपालिकाले अभिभावक, शिक्षक तथा विद्यार्थीलाई आवश्यक सतर्कता अपनाउनसमेत आग्रह गरेको छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।