२०८३ मंसिर १४, आईतबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

विद्युत् प्राधिकरणले नयाँ बुटवल लमही प्रसारण लाइन निर्माण गर्दै

विद्युत् प्राधिकरणले नयाँ बुटवल लमही प्रसारण लाइन निर्माण गर्दै

नेपाल विद्युत् प्राधिकरणले नयाँ बुटवल लमही चार सय केभी क्षमताको विद्युत् प्रसारण लाइन निर्माण गर्ने भएको छ । कुल १ सय ६१ किलोमिटर लामो नयाँ बुटवल लमही प्रसारण लाइन पूर्वी नेपालको बिजुली पश्चिममा प्रवाह गर्न र गण्डकी करिडोरमा निर्माण भएका विद्युत् आयोजनाको बिजुली प्रवाहका लागि लाइन निर्माण गर्न लागिएको हो ।

लुम्बिनी प्रदेशका नवलपरासी, रुपन्देही, पाल्पा, कपिलवस्तु, अर्घाखाँची र दाङ जिल्लामा प्राधिकरणले आयोजना कार्यान्वयन गर्न लागेको जनाएको छ । प्रसारण लाइनको प्रभावित क्षेत्रमा वातावरणीय अध्ययन (प्रारम्भिक वातावरणीय परीक्षण) प्रतिवेदन तयारीका लागि सार्वजनिक सूचना प्रकाशित गर्दै आवश्यक सुझाव एवम् सल्लाह दिन आग्रह समेत गरिएको छ ।

कुल चार सय केभी क्षमताको यो प्रसारण लाइनको ४६ मिटर क्षेत्राधिकार तोकिएको छ । प्रसारण लाइनको केन्द्रबाट २३ मिटर दायाँ र २३ मिटर बायाँ रहनेगरी क्षेत्राधिकार तोकिएको छ । नयाँ बुटवल लमही प्रसारण लाइनमा कुल चार सय पाँचवटा टावर रहनेछन् ।

यस्तै, दाङको लमही नगरपालिका वडा ९ रिहारमा ४००/२२०/१३२/३३/११ केभी क्षमताको सबस्टेशन निर्माण हुनेछ । प्राधिकरणले वातावरणीय अध्ययन प्रतिवेदन तयार पार्ने क्रममा त्यस क्षेत्रको प्राकृतिक, जैविक, सामाजिक, सांस्कृतिक, आर्थिक प्रणालीमा के–कस्तो प्रभाव पर्छ भनेर एकिन गर्न लागिएको सूचनामा जनाएको छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।