२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

दलहरु प्रत्यक्षतर्फको उम्मेदवार छनोटमा व्यस्त

दलहरु प्रत्यक्षतर्फको उम्मेदवार छनोटमा व्यस्त
सेयर गर्नुहोस्
०सेयर

प्रतिनिधिसभाको चुनाव आउन अब दुई महिना मात्रै बाँकी छँदा दलहरु प्रत्यक्षतर्फको उम्मेदवार छनोटमा केन्द्रित भएका छन् । निर्वाचन आयोगको कार्यतालिका अनुसार समानुपातिकतर्फको बन्दसूची बुझाएपछि दलहरुको ध्यान प्रत्यक्षतर्फको उम्मेदवार छनोटमा केन्द्रित भएको हो ।

दलहरुले १ सय ६५ निर्वाचन क्षेत्रमध्ये केही क्षेत्रमा आफ्नो तर्फबाट एकल र केही क्षेत्रमा एकभन्दा बढी उम्मेदवारको नाम सिफारिस गरेर केन्द्रमा पठाएका छन् । प्रत्यक्षतर्फ आयोगले माघ ६ गते उम्मेदवारी दर्ताको समय तोकेको छ । माघ ९ गते उम्मेदवारको अन्तिम सूची प्रकाशित गरेर चुनाव चिन्ह दिने कार्यतालिका छ ।

यसैबीच निर्वाचन आयोगले समानुपातिकतर्फ राजनीतिक दलहरूले बुझाएको बन्दसूचीसम्बन्धी कागजातको रुजु सम्पन्न गरेको छ । आयोगले गएको बुधवारदेखि हिजोसम्म दलहरूको बन्दसूचीमा रहेका कागजातहरूको जाँच गरेको हो । रुजु गर्ने क्रममा देखिएका कैफियतहरू छुट्याएर सम्बन्धित राजनीतिक दललाई जानकारी गराइएको आयोगले जनाएको छ ।

आयोगका अनुसार कागजात नपुगेका, उमेर नपुगेका लगायतका सबै त्रुटी छुट्याएर दलहरूलाई सच्याउन पठाइएको छ । आजदेखि आउँदो आइतवारसम्म दलहरूले त्रुटी सच्याएर पुनः बन्दसूची पेश गर्न पाउनेछन् । समानुपातिक सूचीमा रहन नचाहने उम्मेदवारले २८ गते उम्मेदवारी फिर्ता लिन पाउनेछन् । त्यसको जानकारी पनि आयोगले सम्बन्धित दललाई दिनेछ ।

दलबाट प्राप्त अन्तिम विवरणका आधारमा खाली ठाउँमा नयाँ उम्मेदवार सिफारिस गरेपछि तयार हुने अन्तिम बन्दसूचीलाई आयोगले सार्वजनिक गर्ने छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।