२०८३ मंसिर १, सोमबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

सामाजिक सञ्जालसम्बन्धी विधेयक फिर्ता लिन स्वीकृति दिने सरकारको निर्णय

सामाजिक सञ्जालसम्बन्धी विधेयक फिर्ता लिन स्वीकृति दिने सरकारको निर्णय
प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा मङ्गलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठक । तस्बिर सौजन्यः प्रधानमन्त्रीको सचिवालय/रासस

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक फिर्ता लिन स्वीकृति दिने निर्णय गरेको छ ।

आज बसेकाे मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ सङ्घीय संसद्बाट फिर्ता लिन स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता एवम् गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिनुभयाे ।

यस्तै बैठकले निर्माणाधीन संसद् भवन परिसरमा नवयुवा आन्दोलनका शहीदहरूको शालिक बनाउने निर्णय गरेको छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।