२०८३ मंसिर १४, आईतबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

इजरायली आक्रमणमा परि गाजामा २१ जना प्यालेस्टिनीको ज्यान गयो

इजरायली आक्रमणमा परि गाजामा २१ जना प्यालेस्टिनीको ज्यान गयो

इजरायली आक्रमणमा परि गाजामा २१ जना प्यालेस्टिनीको ज्यान गएको छ । गाजाको नागरिक रक्षा विभागका प्रवक्ता महमुद बासलका अनुसार इजरायली सेनाले हिजो बिहानैदेखि गाजा शहर र दक्षिणी गाजाको खान युनिसमा व्यापक आक्रमण शुरू गरेको थियो ।

खान युनिसको पश्चिममा पर्ने अल–मवासी क्षेत्रमा विस्थापितहरू बसिरहेको एउटा पालमा इजरायली ड्रोनले प्रहार गर्दा २ महिला र १ प्यारामेडिकसहित तीन जनाको घटनास्थलमै ज्यान गएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । त्यसैगरी गाजा शहरको पूर्वी भेगमा पर्ने जैतुन र तुफाह क्षेत्रको बाहिरी इलाकामा गरिएको तोपबारीमा तीन बालबालिका र पाँच महिलासहित १४ जनाको ज्यान गएको छ ।

आक्रमणमा कैयौँ मानिस घाइते भएका छन् । यसअघि खान युनिसको दक्षिणमा पर्ने किजान रशवान क्षेत्रमा भएको आक्रमणमा एक बालकसहित चार जनाको ज्यान गएको थियो । हमासले इजरायली सैन्य कारबाहीलाई युद्धविराम सम्झौता र विद्यमान समझदारीको घोर उल्लंघनको रूपमा व्याख्या गरेको छ ।

गाजास्थित स्वास्थ्य अधिकारीहरूका अनुसार सन् २०२५ अक्टोबर १० मा युद्धविराम लागू भएयता इजरायली आक्रमणमा परि ५ सय ५६ प्यालेस्टिनीको ज्यान गईसकेको छ भने १ हजार ५ सय भन्दा बढी मानिस घाइते भएका छन् ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।