२०८३ मंसिर १४, आईतबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

विवाहमा भोज खाएका एक सय जनाभन्दा धेरै बिरामी परेपछि शिविरमार्फत उपचार थालियो

विवाहमा भोज खाएका एक सय जनाभन्दा धेरै बिरामी परेपछि शिविरमार्फत उपचार थालियो

जन्तेढुङ्गा गाउँपालिका–६ दिप्लुङमा विवाहको भोज खाएका बेहुला–बेहुलीसहित एक सय जनाभन्दा धेरै बिरामी भएका छन् । उनीहरुको शिविरमार्फत उपचार थालिएको छ । ज्वरो आउने र झाडापखाला हुनेलगायत समस्या देखिएपछि दिप्लुङकै निगालावास भञ्ज्याङ निवासी रामकुमार राईको घरमा शिविर राखेर उपचार थालिएको छ ।

बिरामीलाई ‘फुडपोइजन’ को आशङ्का गरिएको छ । उनीहरुले गएको माघ २१ गते भोज खाएका थिए । भोज खाएर फर्केपछि धेरैजसो बिरामी परेका हुन् । जन्तेढुङ्गा गाउँपालिकाको स्वास्थ्य शाखाको आरआरटी टिम, स्वास्थ्य कार्यालय खोटाङ र जनप्रतिनिधिको टोली खटिएका छन् ।

स्वास्थ्य कार्यालयबाट पनि औषधिसहितको जनशक्ति माग गरिएको गाउँपालिका उपाध्यक्ष खेमबहादुर खड्काले जानकारी दिनुभयो । शिविरमा ३५ जनाले उपचार गराइरहेका छन् । अरू केही उपचारपछि घर फर्किएका छन् ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।