२०८३ आश्विन २९, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

नेशनल लाईफ ईन्स्योरेन्स धादिङले बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई भोजन गराए

नेशनल लाईफ ईन्स्योरेन्स धादिङले बौद्धिक अपाङ्गता भएका विद्यार्थीलाई भोजन गराए

नेशनल लाईफ ईन्स्यारेन्स कम्पनी लिमिटेडको ३९ औं वार्षिकोत्सवको अवसरमा बौद्धिक अपाङ्गता भएका वालवालिकाहरुलाई भोजन गराएको छ ।

नेशनल लाईफ ईन्स्यारेन्स कम्पनी लिमिटेड धादिङ शाखाले नीलकण्ठ नगरपालिका वडा नम्बर ३ शान्तीटारमा रहेको नमुना बौद्धिक अपाङ्गता आधारभूत विशेष विद्यालयका विद्यार्थीहरुलाई भोजन गराएको हो । कम्पनीले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत भोजन गराएको शाखा प्रवन्धक रबिना लामिछानेले जानकारी दिनुभयो ।

नेपालको अग्रणी जीवन बीमा कम्पनीको रुपमा स्थापित नेशनल लाईफ ईन्स्यारेन्स कम्पनीले वार्षिक उत्सवको अवसरमा धादिङ सहित देशैभर विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।