
कात्तिक ३ ।
बडादशै अन्तर्गत शनिबार पनि नवदुर्गा भवानीको प्रसाद टिका र जमरा लगाएर मान्यजनबाट आशिष लिन व्यस्त छन् ।
एकै दिन टिका लगाउन नभ्यानेहरुले कोजाग्रत पूर्णिमाको दिनसम्म लगाउने चलन छ भने पश्चिम क्षेत्रहरुमा चाँहि दशमीको एक दिन मात्रै टिका लगाउने चलन छ । दुर्गा विसर्जनपछि परिवारमा सवैभन्दा जेठो व्यक्तिसँग क्रमसः टिका थापेकाहरु आज बाँकी आफन्तको घरमा टिकाटालो गर्न जाने गर्दछन् । विशेष गरी मामाघर, ससुराली र बुढोमावलीमा मान्यजनबाट टिका लगाउन जाने चलन छ ।
परिवारमा जेठो व्यक्तिले दशैंको टीका लगाइदिएपछि गच्छे अनुसारको दक्षिणा दिने चलन छ भने आफन्तको घरमा टिका लगाउन जाँदा कोसेली लैजाने चलन छ । अझ पहिलोपल्ट ससूराली जानेहरुले विशेष कोसेली तथा उपहारहरु लैजाने गर्छन् । मान्यजनहरुले छोरी, ज्वाई, भान्जाभान्जीलाई टिकासँगै आशिर्वाद र दक्षिणा पनि दिने चलन छ । त्यस्तै, दशैंको टिकाको दिन पिङ्मा मच्चिएर एकछिन भएपनि धर्ती छोड्नुपर्छ भन्ने मान्यताका साथ अधिकांस गाउका खर्क, देउराली तथा चौराहरुमा दिनभर पिङ्मा मच्चिनेहरुको जमघट देखिन्छे । दशैंको बेला विशेष गरी किशोर पुस्ताले चङ्गा उडाएर मनोरञ्जन लिन्छन् ।