२०८३ कार्तिक २७, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

आज सुनचाँदीको भाउ घट्यो

आज सुनचाँदीको भाउ घट्यो

आज सुनचाँदीको भाउ घटेको छ ।

हिजो एकैदिन तोलामा ६ हजार ४०० रुपैयाँले बढेको सुनको भाउ आज तोलामा एक हजार २०० रुपैयाँले घटेको हो । भाउ घटेर सुन आज तोलाको ३ लाख ६ हजार ७०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि हिजो सुन तोलाको ३ लाख ७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदी तोलामा ३५ रुपैयाँले घटेको छ ।

आज चाँदीको भाउ तोलाको ४ हजार ७४५ रुपैयाँ रहेको छ । यसअघि हिजो चाँदी तोलामा ११० रुपैयाँले बढेर तोलाको ४ हजार ७८० रुपैयाँ पुगेको थियो ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।