२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

पत्रकार किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ

पत्रकार किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनुवाइ
सेयर गर्नुहोस्
०सेयर

पत्रकार किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिटमा आज सर्वोच्चमा सुनुवाइ हुने भएको छ । चरित्र हत्या र गोपनीयता भंग हुनेगरी समाचार प्रकाशन गरेको आरोपमा पक्राउ परेका पत्रकार किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिटमा शुक्रबार सुनुवाइ हुने भएको हो ।

श्रेष्ठकी श्रीमती सरस्वती श्रेष्ठले उनलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै बिहीबार सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्। उक्त रिटमा आजका लागि पेशी तोकिएको हो। रिटमार्फत श्रेष्ठलाई थुनामुक्त गर्न माग गरिएको छ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश उमेशप्रसाद लुइँटेलको इजलासले बिहीबार श्रेष्ठलाई अनुसन्धानका लागि तीन दिन हिरासतमा राख्न अनुमति दिएको थियो।
यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।