२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

सुनचाँदीको भाउ बढ्यो

सुनचाँदीको भाउ बढ्यो
सेयर गर्नुहोस्
०सेयर

कारोबार हुने हप्ताको दोस्रो दिन आज सुनचाँदीको भाउ केही बढेको छ । सुनको भाउ तोलामा १ हजार ६०० रुपैयाँले बढेर ३ लाख ६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हप्ताको पहिलो कारोबार दिन हिजो सुनको भाउ तोलामा ३ हजार ६०० रुपैयाँले बढेको थियो । यसअघि कारोबार हुने हप्ताको अन्तिम दिन शुक्रबार सुनको भाउ तोलाको ३ लाख १ हजार ६०० रुपैयाँ थियो ।

त्यस्तै चाँदीको भाउ पनि आज तोलामा ६० रुपैयाँले बढेको छ । चाँदी आज तोलाको ४ हजार ७७० रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको ४ हजार ७१० रुपैयाँ थियो ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।