२०८३ कार्तिक २७, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

युक्रेन युद्धको विरोध गरेको भन्दै रुसको एक अदालतद्वारा नेता श्लोसबर्गलाई ११ वर्षको जेल

युक्रेन युद्धको विरोध गरेको भन्दै रुसको एक अदालतद्वारा नेता श्लोसबर्गलाई ११ वर्षको जेल

रुसको राजधानी मस्कोमा रहेको एक अदालतले युक्रेन युद्धको विरोध गर्ने प्रमुख प्रतिपक्षी नेता लेभ श्लोसबर्गलाई दोषी ठहर गर्दै ११ वर्षको जेल सजाय सुनाएको छ ।

रुसमा आउँदो महिना हुने संसदीय चुनावभन्दा अघि विपक्षी नेताहरूविरुद्ध भइरहेको कारबाहीकाबीच यो फैसला सार्वजनिक भएको हो । रुसले युक्रेनमाथि गरेको आक्रमण र युद्धको लेभ श्लोसबर्गले सार्वजनिक रूपमा विरोध गर्दै आएको अलजजीराले जनाएको छ ।

सन् २०२२ को फेब्रुअरीमा युक्रेनमाथि रुसी आक्रमण भएयता क्रेमलिनले युद्धको आलोचना गर्ने नेता तथा कार्यकर्ताहरूविरुद्ध लगातार कारबाही गर्दै आएको छ ।

याब्लोको पार्टीका वरिष्ठ नेता श्लोसबर्गले रुस–युक्रेन युद्धको विरोध गर्दै आउनुभएको छ । श्लोसबर्गविरुद्ध पछिल्लो दुई वर्षमा दायर गरिएको यो दोस्रो मुद्दा हो ।

हिजो अदालतले श्लोसबर्गलाई दोषी ठहर गर्दै ११ वर्ष एक महिनाको जेल सजाय सुनाएको हो । साथै श्लोसबर्गको पार्टीलाई पनि चुनाव लड्न प्रतिबन्ध लागेको छ ।

रुसको सर्वोच्च अदालतले आफ्नो पुरानो फैसलालाई नै कायम राख्दै यो फैसला गरेको हो । रुसमा सेप्टेम्बर १८ देखि २० सम्म संसदीय चुनाव हुँदैछ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।