कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले आज सभाबाट विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री कार्यालयले शुक्रबार नै यसबारे कोसी प्रदेश सभा सचिवालयलाई औपचारिक जानकारी गराएको छ।
नयाँ सत्ता समीकरण अनुसार नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच भएको सहमतिअनुसार मुख्यमन्त्री कार्कीले गत सोमबार मन्त्रिपरिषद् हेरफेर गरेका थिए। यसअघि नेपाली कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता नलिएसम्म विश्वासको मत नलिने अडानमा रहेका कार्कीले, १७ जना सांसदसहित नेपाली कम्युनिस्ट पार्टी सरकारमा सहभागी भएसँगै विश्वासको मत लिने तयारी गरेका हुन्।
हाल ९३ सदस्यीय कोसी प्रदेश सभामा नेकपा एमालेका ४० र नेपाली कम्युनिस्ट पार्टीका १७ गरी कुल ५७ जना प्रदेश सभा सदस्यको स्पष्ट समर्थन कार्कीको पक्षमा छन्। कोसी प्रदेश सभामा काँग्रेस २९, राप्रपा सभामुखसहित ५ र जसपाको १ सांसद छन्।











