२०८३ आश्विन २८, बुधबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

गिनीको ल्यान्डफिलमा पहिरोले पुरिएर ३० जनाको ज्यान गयो

गिनीको ल्यान्डफिलमा पहिरोले पुरिएर ३० जनाको ज्यान गयो
सेयर गर्नुहोस्
०सेयर

अफ्रिकी देश गिनीको राजधानी कोनाक्रीमा रहेको सबैभन्दा ठूलो ल्यान्डफिलमा पहिरो जाँदा ३० जनाको ज्यान गएको छ ।

त्यहाँका सरकारी अधिकारीकाअनुसार ठूलो वर्षासँगै ल्यान्डफिलमा थुपारिएको फोहोरको थुप्रो भत्किँदा नजिकैका झुपडीहरू पुरिएका थिए । यसले ३० जनाको ज्यान छ भने ६ जना घाइते भएको समाचार संस्था एपीले जनाएको छ ।

धेरै घरमा क्षति पुगेको छ । ठूलो वर्षापछि फोहोरको थुप्रो खसेको क्षेत्रमा खोज तथा उद्धार कार्य भैरहेको छ । ल्यान्डफिल आसपास बसोबास गर्ने स्थानीयबासिन्दालाई यसअघि नै सुरक्षित ठाउँमा सर्न खबर गरिएको थियो ।

तर पहिरो जाँदा धेरै मानिस त्यही रहेकाले मानवीय क्षति भएको अधिकारीहरूले बताएका छन् । ल्याण्डफिलमा शहरबाट निस्कने फोहोर थुप्रेर ठुलो ढिस्को बनेको थियो ।

गिनी फलाम, सुन र हीराजस्ता खनिज स्रोतमा धनी भए पनि विश्व बैंकका अनुसार त्यहाँको ४३।७ प्रतिशत जनसङ्ख्या गरिबीको रेखामुनि रहेको छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।