२०८३ कार्तिक २८, शुक्रबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

चीनतर्फ बनेको नयाँ ताल फुटेको सूचना, भोटेकोशी तटीय क्षेत्रमा सतर्क रहन प्रशासनको आग्रह

चीनतर्फ बनेको नयाँ ताल फुटेको सूचना, भोटेकोशी तटीय क्षेत्रमा सतर्क रहन प्रशासनको आग्रह

भोटेकोशी नदीको माथिल्लो क्षेत्रमा चीनतर्फ बनेको नयाँ ताल फुटेको सूचना प्राप्त भएको रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले बताउनुभएको छ । उहाँका अनुसार केही समयअघि मात्रै ताल फुटेको सूचना प्राप्त भएपछि सम्बन्धित निकायलाई खबर गर्न थालिएको छ ।

प्रमुख जिल्ला अधिकारी परियारका अनुसार चीनको छोछेन खोला र पुरेपू त्साङ्पो नदीको संगम आसपास नदी थुनिएर नयाँ ताल बनेको थियो । यो तालमा पानीको मात्रा बढ्दै गएपछि फुट्न सक्ने जोखिम रहेको भन्दै यसअघि नै भोटेकोशीको तल्लो तटीय क्षेत्रका बासिन्दा, यात्रु तथा उद्धारमा खटिएका सुरक्षाकर्मीलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको थियो ।

पछिल्लो समय ताल फुटेको सूचना आएपछि भोटेकोशी नदीमा पुनः ठूलो बाढी आउन सक्ने सम्भावनालाई लिएर स्थानीय प्रशासनले निगरानी र सूचना आदानप्रदानलाई तीव्र बनाएको छ । ताल फुटेपछि त्यसबाट निस्कने पानी, गेग्रान र ढुंगामाटो भोटेकोशी हुँदै नेपालतर्फ आउन सक्ने भएकाले नदी किनार र जोखिमयुक्त क्षेत्रमा नजान प्रशासनले आग्रह गरेको छ ।

यसअघि अस्ति बुधबार भदौ १० गते भोटेकोशीमा आएको विनाशकारी बाढीको मुख्य कारणका रूपमा चीनतर्फ नदी थुनिएर बनेको प्राकृतिक बाँध तथा त्यसबाट बनेको ताल फुटेको घटनालाई प्रारम्भिक प्राविधिक अध्ययनले देखाएको थियो ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।