कात्तिक १० ।
नेपालकानुनआयोगले विद्यमान ऐनमा देखिएको दोहोरोपनातत्काल हटाउन संघीय संसद र सरकारको ध्यानाकर्षण गराएको छ ।

नेपाल कानुन आयोगका अध्यक्ष माधव प्रसाद पौडेलले विद्यमान ऐनमा देखिएको दोहोरोपना तत्काल हटाउन संघीय संसद र सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभएको हो । शुक्रबार राष्ट्रियसभा अन्तरगतको विधायन व्यवस्थापन समितिले आयोजना गरेको ऐन कार्यान्वयन मापनसम्बन्धी छलफल कार्यक्रममा उहाँले बाझिएका कानुनी प्रावधान खारेज गर्न ढिलाइ गर्न नहुने स्पष्ट पार्नुभएको हो ।

अध्यक्ष पौडेलले संघियता कार्यान्वयनको लागि एकल अधिकार तथा साझा अधिकार सुचीका बिषय कार्यान्वयनगर्न संघिय सरकारले कानुन बनाउने कामलाई तिब्रता दिनुपर्ने धारणा राख्नुभयो । स्थानीयतह, प्रदेश र संघिय सरकारले बनाउनुपर्ने हरेक कानुनहरु पूर्ण रुपमा निर्माण भएर कार्यान्वयनको चरणमा गएपछि मात्रै नेपालमा संघियता कार्यान्वयनमा जाने बताउनुभयो ।

Facebook Comments