२०८३ आश्विन २७, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

साफ च्याम्पियनसिपमा नेपालबाहेकको खेल तालिका सार्वजनिक

साफ च्याम्पियनसिपमा नेपालबाहेकको खेल तालिका सार्वजनिक
सेयर गर्नुहोस्
०सेयर

फिफाको निलम्बनमा परेको नेपाललाई बाहिर राखेर दक्षिण एशियाली फुटबल महासंघ (साफ) ले पुरुष च्याम्पियनसिपको खेल तालिका सार्वजनिक गरेको छ ।

साबिक विजेता भारतले साफ च्याम्पियनसिपको उद्घाटन खेलमा पाकिस्तानसँग खेल्नेछ । यो प्रतियोगिता बङ्गलादेशको राजधानी ढाकामा आउँदो नोभेम्बर ५ देखि शुरु हुनेछ । उद्घाटन दिनको दोस्रो खेलमा आयोजक बङ्गलादेश र भुटान खेल्नेछन् ।

६ टोली सहभागी प्रतियोगिताको समूह चरणमा तीन खेल हुनेछन् । हरेक दिन दुई वटा खेल हुने भएका छन् । समूह ‘ए’ मा आयोजक बङ्गलादेश, भुटान र श्रीलंका तथा समूह ‘बी’ मा भारत, पाकिस्तान र माल्दिभ्स रहेका छन् । नेपाल भने फिफाको निलम्बनमा रहेकाले अहिले समावेश गरिएको छैन ।

यद्यपि, सेप्टेम्बर ३० तारिख भित्र नेपालको निलम्बन फुकुवा भएमा संशोधित खेल तालिका सार्वजनिक गरिने साफले जनाएको छ ।

यो समाचार सेयर गर्नुहोस्
०सेयर
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।